SHARE
पर्दाफास · सोमबार १८ साउन २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

जुलाईमा भित्रिए ७१ हजार ७७५ पर्यटक, कुन देशका कति ?

नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा २.३ प्रतिशत बढी हो । सन् २०२५ को जुलाईमा ७० हजार १९३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।