सेयर बजार सामान्य अंकले घट्यो,साढे ४ अर्बको कारोबार
काठमाडौं : सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २६८४.३३ विन्दुमा अडिएको हो।यसदिन ३४९ वटा स्क्रिप्सको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँमा खरिदबिक्री भए।कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्षस्थानमा रह्यो। सो कम्पनीले २७ करोड ६२ लाख मूल्य बराबरको कारोबार गर्यो।
