धरानमा सुन, चाँदी र नगद चोरी गरेको आरोपमा तीन जना पक्राउ
सुनसरी : सुनसरीको धरान उपमहानगरपालिका–११ स्वस्तिका चोकस्थित पप्पु साहको घरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।आइतबार बिहान करिब ३:३० बजे पप्पु साहको घरबाट सुन–चाँदीका गरगहना, मोबाइल फोन तथा नगद रकम चोरी भएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान तीव्र बनाउँदै तीन जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
