SHARE
अन्नपूर्ण · सोमबार १८ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

वीर अस्पतालमा नर्सको प्रदर्शन

काठमाडौं : विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरुले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।उनीहरुले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् ।