SHARE
पर्दाफास · सोमबार १८ साउन २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

सिन्धुलीमा बसको ठक्करबाट सुनकोशीमा कार खस्यो, चार जना बेपत्ता

सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ । स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए । समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन ।