उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीले किन मार्यो छापा?
नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। अवैध सामग्री तथा स्रोत नखुलेको रकम राखिएको भन्ने सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालको नेतृत्वमा खटिएको टोलीले खानतलासी गरेको हो।
