SHARE
अन्नपूर्ण · सोमबार १८ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

धर्म राम्ररी मान्ने मान्छेले दंगा गर्दै गर्दैन : रक्षा बम

सुनसरी घटना जेन–जी आन्दोलनको प्रभाव हो जस्तो लाग्दैन किनभने यसको प्रकृति अलिकति फरक छ। सुरुमा दुइटा ग्रुपबीचको झडप हैन, राज्य र नागरिकबीचको झडपमा चाहिँ गोली चल्यो। त्यसपछि जनता आन्दोलित भए, राज्यसँग आफ्नो अधिकारका लागि वार्ता गरौं भनेर आन्दोलित भए।त्यसपछि विभिन्न किसिमका ‘फ्याक्टर’ले त्यसमा खेलेका छन्, जो समाजमा अगाडिदेखि नै थिए। हाम्रो समाजमा व्याप्त नै थिए त्यस्ता किसिमका कुराहरू। त्यही भएर त्यहाँचाहिँ प्रभाव पारे।