भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा
चितवनको भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरीपश्चातको सेवा ‘म्याट्रेस’ राखेर दिनुपर्ने अवस्था आएको छ । गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्छ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्याहरू १११ वटा छन् ।
