SHARE
अन्नपूर्ण · सोमबार १८ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

प्रहरीको गोलीपछि खुल्यो ‘कर्मा ग्याङ’को लुट साम्राज्य

काठमाडौं : गत असार १३ गते काठमाडौंको शान्तिनगरमा बाटोमा हिँडिरहेकी एक महिलालाई मोटरसाइकलमा आएका दुई जनाले बाटो रोके। ‘पेप्सीकोला जाने बाटो कता हो ?’ भन्दै अल्मल्याए। त्यसपछि उनलाई बाटोमै लडाएर घाँटीमा लगाएको करिब साढे दुई तोलाको सुनको सिक्री लुटेर फरार भए।ooo७ साउन दिउँसो करिब साढे १ बजेतिर यही समूहले धापासी हाइट मन्दिरनजिक हिँडिरहेकी ६६ वर्षीया महिलाको घाँटीबाट सुनको सिक्री लुट्यो। मोटरसाइकलमा आएका व्यक्तिहरूले महिलालाई लछारपछार गर्दै सिक्री लुटेर भागेका थिए।