SHARE
अन्नपूर्ण · सोमबार १८ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

हिमाली नायकको अवसानले पुर्याएको क्षति

निर्मल पुर्जा एक सामान्य पर्वतारोही थिएनन्। तर उनको नश्वर शरीरको असामान्य बिदाइमा पर्वतारोहण क्षेत्र शोक विह्वल बन्नु परेको छ। पाकिस्तानस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमालको भयानक हिमपहिरोमा परी निर्मलसहित ६ नेपाली आरोहीको प्राण जाँदा एउटा सन्नाटा महसुस भएको छ।निर्मल तिनै आरोही हुन्, जो सम्भव परियोजनाका अभियन्ता र कीर्तिमानी पर्वतारोही थिए।