SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

ग्रीसमा डढेलो निभाउने क्रममा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटनाग्रस्त

काठमाडौं : ग्रीसको राजधानी एथेन्सको पश्चिमी क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा दुई वटा हेलिकोप्टर ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्। उक्त घटनाको पुष्टि ग्रीक फायर सर्भिसले गरेको छ।अधिकारीहरूका अनुसार दुर्घटना अटिका क्षेत्रको पसाथा आसपास भएको हो। दुवै हेलिकोप्टर फायर डिपार्टमेन्टले लिजमा लिएका थिए। प्रत्येक हेलिकोप्टरमा दुई-दुई जना चालक दलका सदस्य सवार थिए।दुवै हेलिकोप्टरले एलिफ्सिना सैन्य विमानस्थलबाट उडान भरेर डढेलो नियन्त्रण अभियानमा सहभागिता जनाएका थिए।