SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

कप्तानगन्ज गोलीकाण्ड: रवीन्द्रको खुट्टा गुम्यो, अमितको हात संकटमा

विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा साउन १० गते राति भएको गोलीकाण्डमा घाइते भएका ८ जनाको उपचार अझै जारी रहेको छ। उनीहरूमध्ये दुई जनाको काठमाडौं र ६ जनाको विराटनगरका अस्पतालमा उपचार भइरहेको हो।उपचारका क्रममा एक घाइतेले गोली लागेको खुट्टा गुमाएका छन् भने अर्का एक जनाको हातसमेत काट्नुपर्ने अवस्था आउन सक्ने चिकित्सकहरूले बताएका छन्। देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छन्।