SHARE
पर्दाफास · आइबार​ १७ साउन २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

 मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि यो सेवा सञ्चालन हुनु नयाँ युगको सुरुवात बनेको हो । यसअघि सामान्य फोन गर्नका लागि समेत स्थानीयवासी करिब एक घण्टा उकालो हिँडेर डाँडामा पुग्नुपर्ने बाध्यता थियो ।