श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने ’कर्मा समूह’ का नाइके र सदस्यहरू पक्राउ
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा महिला तथा वृद्धवृद्धाहरूलाई त्रसित बनाउँदै श्रृंखलाबद्ध रूपमा सुनका सिक्री लुटपाट गर्ने ’कर्मा समूह’ का नाइके र सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त गिरोहका नाइके कर्मा तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।
