SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

गृहमन्त्री र संयुक्त हिन्दू मोर्चाबीचको वार्तामा के-के भयो?

जनकपुरधाम : गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच जारी विरोध प्रदर्शन साम्य पार्न मौखिक सहमति भएको छ। सुनसरी घटनापश्चात् मधेसमा चर्किएको प्रदर्शन रोक्न गृहमन्त्री गुरुङ र मोर्चाबीच मौखिक सहमति भएको हो। सहमतिसँगै सबै समूहले आन्दोलनका कार्यक्रम हालका लागि फिर्ता लिएको घोषणा गरेका छन्। सरकारले पनि मोर्चाले राखेका मागहरू पूरा गर्ने आश्वासन दिएको छ।