SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

मधेसको कैलास टुटेश्वरमा गृहमन्त्रीले गरे विशेष पूजा

टुटेश्वर : मधेशको कैलास टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिरमा गृहमन्त्री सुधन गुरुङले पूजा-अर्चना गरेका छन्। देश र मधेशमा शान्ति, भाइचारा र सहिष्णुको कामना गर्दै गृहमन्त्री गुरुङले  धार्मिक, पर्यटकीस्थल टुटेश्वरधाम पुगेर सुरक्षा र मेला व्यवस्थापनबारे जानकारी पनि लिएका छन्।टुटेश्वरनाथ महादेव मन्दिरका पुजारी श्रीचन दासले विशेष पूजा गराएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले जनाए।