SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

त्रिशूलीमा बगेका टिपर चालकको प्रहरीले गर्यो उद्धार

धादिङ : धादिङको गजुरी गाउँपालिका–५ बाङ्गेस्थित त्रिशूली नदीमा बगेका एक टिपर चालकको प्रहरीले सकुशल उद्धार गरेको छ । आइतबार दिउँसो करिब २ः१० बजे त्रिशूली नदीले एक जनालाई बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा ११ सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।प्रहरी टोलीले घटनास्थलबाट करिब ५०० मिटर तल महादेव खोल्सी नजिक त्रिशूली नदीको किनारबाट ती व्यक्तिको उद्धार गरेको हो ।