निलगाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
महोत्तरी : निलगाईसँग मोटरसाइकल ठोक्किँदा महोत्तरीको बर्दिवासमा एक जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बीपी राजमार्गमा आइतबार भएको सो दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका–१ घर भएका ३२ बर्षीय बिनयकुमार साहको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकलले सडक काट्दै गरेको निलगाईलाई ठक्कर दिएको थियो ।
