SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो–जुनसुकै बेला मध्यपूर्वबाट बाहिरिन तयार रहनू

अमेरिका : अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा क्षेत्रीय तनाव थप बढेमा त्यहाँबाट तत्काल बाहिरिन तयार रहन आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा इरानमाथि थप शक्तिशाली आक्रमण गर्न सक्ने योजना बनाइरहेको दाबी गरिरहेका बेला यो अपिल आएको हो ।आफ्नो सुरक्षा चेतावनीमा अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक कार्यालयहरू तथा अन्य अमेरिकी प्रतिष्ठानहरू पनि विगतमा निशाना बनेको उल्लेख गरेको छ ।