SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

पर्याप्त सुत्नुहोस्, स्वस्थ हुनुहोस्

यदि तपाईं वा तपाईंको छिमेकी वा आफन्त जुनसुकै समयमा पनि निद्राले ढल्किने, दिउँसो धेरै सुत्ने वा ओछ्यान छाड्नै गाह्रो हुने अवस्था भोगिरहेका छन् भने यसलाई केवल अल्छीपन ठानेर बेवास्ता नगर्नुहोस्। लामो समयसम्म सुत्ने बानीभित्र कुनै गम्भीर स्वास्थ्य समस्या लुकेको हुन सक्छ।सामान्यतया, एक वयस्क मानिसका लागि दैनिक साढे ६ देखि ७ घण्टाको उचित निद्रा पर्याप्त मानिन्छ। पर्याप्त निद्रा नपुग्दा ज्यान थकित हुने र ध्यान केन्द्रित नहुने लगायतका विविध स्वास्थ्य समस्या निम्तन सक्छन्।