SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त, पाइलटसहित सबै १३ जनाको मृत्यु

पेरु : युरोपेली पर्यटकलाई विश्वप्रसिद्ध नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ । नाज्का नगर प्रशासनका अनुसार विमानले शनिबार नजिकैको इका शहरबाट उडान भरेको थियो ।उक्त विमान पेरुको विमान सेवा कम्पनी एरोडियानाले सञ्चालन गरिरहेको थियो ।