SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

ट्रम्पले किन गरे इरानमाथिको ठूलो आक्रमण रद्द ?

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलोस्तरको सैन्य आक्रमण रद्द गरिएको बताएका छन् । उनले ‘सम्झौताका मुख्य आधारहरू मा सहमति भइसकेको’ दाबी गरेका छन् । ट्रम्पले शनिबार राति आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत यो निर्णय सार्वजनिक गरेका हुन् । यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक गरेका थिए ।