SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ

काठमाडौं : जेनजी आन्दोलनमा कारागारबाट फरार भएका कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन्। प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवका अनुसार प्रहरीले उनलाई घरबाट पक्राउ गरेको हो।एक सिंगे गैंडा मारी, वन्यजन्तु सम्बन्धि कसुर गरेको मुद्दामा १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएर भरतपुर कारागारमा चितवन थाकलटारका ४५ वर्षीय आईतसिंह लामा कैद भुक्तान गरिएका थिए। तर, जेन्जी आन्दोलनमा उनी फरार रहेका थिए।