SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

श्रद्धामा फुलेको आँसुको फूल

सुर्यले अझै पहाडको टुप्पो नाघिसकेको थिएन। बिहानको चिसो हावाले मन्दिरको आँगनभरि रातभर झरेका पारिजातका फूलहरूलाई हल्लाइरहेको थियो। धूपको हल्का गन्ध, बिस्तारै हराउँदै गएको घण्टीको प्रतिध्वनि र शिवलिंगमाथि निरन्तर झरिरहेको जलधाराले त्यहाँ यस्तो मौनता रचेको थियो, जसलाई शब्दले होइन, केवल अनुभूतिले सुन्न सकिन्थ्यो। म त्यही मौनताको छेउमा उभिएको थिएँ।  श्रद्धालुहरू फर्किसकेका थिए।कसैले चढाएका राताम्मे गुराँसहरू ओइलाउँदै थिए। एउटी वृद्धा हातमा कुचो लिएर मन्दिरको आँगन बढार्दै थिइन्।