SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा रहन 'सेफ्टी अलर्ट' जारी

काठमाडौं : अमेरिकाले मध्यपूर्व क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र तनाव बढेमा जुनसुकै बेला त्यो क्षेत्र छाड्न तयार रहन चेतावनी (सेफ्टी अलर्ट) जारी गरेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी अहिलेसम्मकै भीषण सैन्य आक्रमणको आदेश दिन सक्ने खबरहरू सार्वजनिक भएसँगै अमेरिकी विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको हो।