SHARE
पर्दाफास · आइबार​ १७ साउन २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु. २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा पेट्रोल, डिजेल र ‘लिक्विफाइड पेट्रोलियम ग्यास’ (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएको हो ।