SHARE
पर्दाफास · आइबार​ १७ साउन २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन सामान्य बन्दै

वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि दैनिक साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा अब आवश्यक नरहेको निष्कर्षसहित हटाइएको हो।