SHARE
अन्नपूर्ण · आइबार​ १७ साउन २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

कठिन बन्दै विश्वकप यात्रा

काठमाडौं : नेपाली क्रिकेटका लागि केही वर्षअघिसम्म विश्वकप खेल्नु सपना थियो।अहिले त्यो सपनालाई साकार पार्ने बाटो देखिएको छ, तर यात्रा भने सहज छैन।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेट लिग–२ को पछिल्लो यात्रा हेर्दा नेपालले सम्भावनाको ढोका खुलै राखेको छ, तर त्यसलाई विश्वकप छनोटसम्म पुर्‍याउन अब गल्ती गर्ने ठाउँ झन् साँघुरिएको छ।लिग–२ को पछिल्लो चरणमा नेपालले उतारचढावपूर्ण प्रदर्शन गरिरहेको छ।