वीरगन्जको रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने ४ युवक पक्राउ
वीरगन्ज : वीरगन्जमा टायर बालेर विरोध प्रदर्शन गरेका ४ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुनसरी घटनाको विषयलाई लिएर वीरगन्जमा पनि दिनहुँ प्रदर्शन हुँदै आएको छ। वीरगन्जको रानीघाटमा शनिबार बिहान सडकमै टायर बालेर प्रदर्शन गरिरहेका ४ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सडकमा टायर बालेर हुलदंगा गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
