SHARE
पर्दाफास · शनिबार १६ साउन २०८३ ०१:५५ PM · 1 मिनेट पढाइ

तराईको अशान्तिले साना उद्योग संकटमा पर्ने महासंघको चिन्ता, शान्तिपूर्ण समाधानमा जोड

नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्था, सामाजिक अशान्ति तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र आर्थिक गतिविधिको संरक्षणका लागि सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।