SHARE
अन्नपूर्ण · शनिबार १६ साउन २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

गणेश यादवको शव हेलिकोप्टरबाट ल्याइँदै, आजै दाहसंस्कार गर्ने तयारी

सिरहा : सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको शव आज औरही गाउँपालिका–२ मोतिपुर गाउँस्थित घर पुर्‍याइने भएको छ।  शव प्राप्त भएपछि आजै उनको अन्त्येष्टि गर्ने तयारी परिवारजनको छ। अहिले उनको घरमा स्थानीयहरू उपस्थिति बढिरहेको छ। नेपाली सेनाको हेलिकोप्टरबाट धरानबाट शव ल्याउने कार्य हुँदैछ। एम्बुलेन्स र ट्याक्टरमा जलाउन दाउरासहित स्थानीय तयारी रहेको छ।