SHARE
पर्दाफास · शनिबार १६ साउन २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

बलिउड अभिनेत्री शेट्टीले गरिन् पशुपतिनाथमा पूजा आराधना

बलिउड अभिनेत्री शिल्पा शेट्टीले आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा, आराधना एवं दर्शन गरेकी छिन् । साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले आज बिहान दुई हजार १०० दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका पुरातत्त्व अधिकृत सुशील कुमार गौतमले जानकारी दिए ।