SHARE
अन्नपूर्ण · शनिबार १६ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि गठन भयो ५५१ सदस्यीय मूल आयोजक समिति

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। शनिबार सो समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो। मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिए।