SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ०८:०९ AM · 1 मिनेट पढाइ

भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत श्रेष्ठ सम्मानित (तस्बिरहरु)

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ (उत्कृष्ट सेवा सम्मान) बाट सम्मानित गरेको छ । नेपाल र भियतनामबिचको कूटनीतिक, व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले श्रेष्ठलाई प्रशंसा पत्रसहित सम्मान गरेको हो ।