रुसको मिसाइल आक्रमणमा युक्रेनको राजधानी किभमा तीन जनाको मृत्यु
रुस : रुसले शनिबार बिहान युक्रेनको राजधानी किभमा गरेको मिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । किभका मेयर भिटाली क्लिच्कोका अनुसार घाइते सबैलाई अस्पताल भर्ना गरिएको छ । जसमा १३ र १७ वर्षका दुई किशोर पनि छन् । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।शनिबार बिहान भएका ती आक्रमणका क्रममा किभभर एक दर्जनभन्दा बढी विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
