SHARE
अन्नपूर्ण · शनिबार १६ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

लालटिन, अत्याधुनिक चीनको चर

वैभवशाली चीन देखेर जोकोही चकित पर्छ। गगनचुम्बी महलसहितका सहरदेखि कुनाकन्दरासम्म फराकिला सडकदेखि तीव्र गतिका रेलमार्ग चीनका लागि सामान्य भइसके। विशाल नदीमाथि अग्लाअग्ला पुलले अचम्मित बनाउँछन्। चीन एक्लै अन्तरिक्षको नम्बर १ खेलाडी हुँदैछ। चीन विकासको चरम बिन्दुमा छ। चिनियाँहरू धनले मात्रै सम्पन्न होइन, शिक्षा, स्वास्थ्य र चेतनामा पनि अब्बल छन्। जहाँ करिब डेढ अर्ब जनसंख्या गरिबीबाट मुक्त भइसकेको छ। हावा, पानी, सौर्य र परमाणुसहितको बिजुलीले उज्यालिएको छ, पूरै देश।