SHARE
अन्नपूर्ण · शनिबार १६ साउन २०८३ ११:०० AM · 1 मिनेट पढाइ

विरोध प्रदर्शनको नाममा म र मेरो आमामाथि अपशब्द प्रयोग गरियो: मोदी

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जन्तर-मन्तरमा आयोजित प्रदर्शनका क्रममा आफू र आफ्नी स्वर्गीय आमाविरुद्ध अश्लील शब्द प्रयोग गर्ने युवाहरूलाई माफ गर्न चाहेको बताएका छन्। शुक्रबार राति सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सन्देश जारी गर्दै उनले बाटो बिराएका युवाहरूलाई सजाय दिनुभन्दा सही दिशामा ल्याउनु समाज र देशको दायित्व भएको उल्लेख गरेका छन्।