SHARE
पर्दाफास · शनिबार १६ साउन २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

३ लाख घुससहित भूमि कार्यालय ललितपुरका ५ जना अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, ललितपुरका तीन नासु सहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट तीन लाख रुपैयाँ बरामद भएको छ । अख्तियारले गएराती ललितपुर मालपोतका नासुहरु उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो ।