SHARE
अन्नपूर्ण · शनिबार १६ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

कावासोतीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नवलपुर : नवलपुरको कावासोतीस्थित फिल्महल चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।शनिबार बिहान ६:२० बजे प्रातः भ्रमण (मर्निङ वाक) मा निस्किएका कावासोती नगरपालिका वडा नं. ८, सगरमाथा टोल बस्ने ७९ वर्षीय तुलसी च्वाईलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।