ब्रड पिकमा आज फेरि उद्धार उडान, थप उद्धार टोली र शेर्पा परिचालन हुँदै
काठमाडौं । पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रड पिक क्षेत्रमा शनिबार पुनः उद्धार उडान सञ्चालन गरिने भएको छ । शुक्रबार प्रतिकूल मौसम, लगातारको भारी हिमपात तथा कमजोर दृश्यताका कारण उद्धार अभियान स्थगित गरिएको थियो ।
