SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

गणेश यादवका परिवारसँग सातबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

काठमाडौं । सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।