SHARE
पर्दाफास · शनिबार १६ साउन २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

चिया तथा कफी क्षेत्र सुधारका लागि कार्यदल गठन गरिने

कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डकी अध्यक्ष गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छिन् । कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलका क्रममा मन्त्री चौधरीले उक्त निर्णय गरेकी हुन् ।