SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ११:०० PM · 1 मिनेट पढाइ

राजनीतिक खिचातानीले छनोट भएर पनि 'एसियन गेम्स' गुमाउँदै पब्जी खेलाडी

काठमाडौं : नेपालमा खेलाडीको लागि सेवा सुविधा छैन, न पूर्वाधार नै गतिलो छ। भविष्यको सुनिश्चितता के हो? खेलाडीले महसुस गर्न पाउने अवस्था छैन। यही अगतिलो व्यवस्था र दयनीय अवस्थाको अर्को सीमा बनेको छ, खेलकुदमा हुने राजनीति। यो राजनीतिको सिकार बारम्बार खेलाडी नै बन्ने गर्छन्। नाम चलेका संघदेखि उदयीमान मानिएका संघहरूमा राजनीतिको गज झन् झाँगिँदै छ। यही मैलाउँदो राजनीतिको सिकार यसपटक ई-स्पोट्र्सका (पब्जी)का खेलाडी भए।