SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

नवलपुरमा पहिलो पटक लगानी सम्मेलन हुँदै

नवलपुर : नवलपुरको औद्योगिक तथा आर्थिक विकासलाई नयाँ गति दिन नवलपुरमा पहिलो पटक लगानी सम्मेलनको आयोजना गरिने भएको छ।नवलपुर उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रबार जिल्लास्थित सम्पूर्ण उद्योग वाणिज्य संघहरू तथा सरोकारवालाहरूको संयुक्त बैठकले चालु आर्थिक वर्षभित्रै सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो। नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष सागर पोखरेलले लगानी सम्मेलनले जिल्लामा प्रशस्त लगानी भित्र्याउन महत्वपूर्ण भुमिका खेल्ने बताए।