तराई–मधेश घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग (निर्णयसहित)
काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीले तराई–मधेशका विभिन्न क्षेत्रमा भएको द्वन्द्वका घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। शुक्रबार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो।
