SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

कुवेतमा इरानी ड्रोन आक्रमणमा परी तेह्रथुमका तामाङको मृत्यु

साउदी : कुवेतको उत्तरी क्षेत्रमा इरानबाट भएको ड्रोन आक्रमणमा परी तेह्रथुमका एक नेपालीको मृत्यु भएको छ। कुवेतस्थित नेपाली राजदूतावासले सार्वजनिक गरेको आधिकारिक सूचनाअनुसार सन् २०२६ जुलाई ३० मा भएको ड्रोन आक्रमणमा तेह्रथुमका ४५ वर्षीय सोमकुमार तामाङको दुःखद निधन भएको हो।मृतक तामाङ तेह्रथुमको आठराई गाउँपालिका–६, चुहानडाँडा, हात्तिखर्क निवासी हुन्। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेको जनाइएको छ।