SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

बाँकेमा विद्यालय भवनको शिलान्यास

काठमाडौं : बाँकेको खजुरा गाउँपालिका-४ स्थित जनकल्याण माध्यमिक विद्यालय भवनको शिलान्यास गरिएको छ। आज काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीतांजलि ब्रैंडन र खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। भारत सरकारको आर्थिक सहयोग करिब ३.२ करोड रुपैयाँको लागतमा यो विद्यालय भवनको निर्माण हुँदैछ। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना बाँकेको खजुरा गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ।