SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

सभामुखले गरे संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल

काठमाडौं : सभामुख डीपी अर्यालले संसदीय समितिका सभापति तथा सचिवहरूसँग छलफल गरेका छन्। छलफलमा संसदीय समितिहरूको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउने विषयमा विस्तृत छलफल भएको थियो।छलफलपछि सभामुख अर्यालले समितिहरूले अवलोकन तथा अनुगमनका क्रममा स्पष्ट कार्यविधि र कार्ययोजनाका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए। ‘अनुगमन र अवलोकन गर्दा निश्चित कार्यविवरण बनाएर गर्नुहोस्। कानुन र विधिको पालना गर्दै अनुगमन गर्नुहोस्,’ उनले भने।