लघुवित्त पीडित भन्छन्- ऋण तिर्न तीनवटा ट्याक्टर बेचिसकें, अब त बाँच्नै मन छैन
लघुवित्त पीडितहरूले आफ्नो माग राख्दै माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति’ को नेतृत्वमा मंगलबारदेखि काठमाडौंको माइतीघर मण्डलामा सुरु भएको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको हो ।
