SHARE
अन्नपूर्ण · शुक्रबार​ १५ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

गणेशको घरपरिवारलाई गाउँपालिकाले १० लाख राहत दिने

सिरहा : सुनसरी घटनालाई लिएर सिरहामा चर्किएको आन्दोलनका क्रममा बिहीबार ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले राहत स्वरूप १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। पालिकाले आज सूचना जारी गरेर राहत रकम दिने घोषणा गरेको हो। गोलबजारमा गोली लागेर औरही गाउँपालिका-२ तुलसीपुर-मोतिपुरका गणेशको मृत्यु भएको थियो।